You are viewing the translated version of स्वीकृति दिने.

Rule 10
स्वीकृति दिने
(१) नियम ८ बमोजिम प्राप्त निवेदन उपर नियम ९ बमोजिम जाँचबुझ गर्दा हेजिङ्ग सुविधा प्रदान गर्न मनासिब देखेमा हेजिङ्ग गर्ने संस्थाले आवश्यक शर्त सहित हेजिङूग सुविधा प्रदान गर्न स्वीकृति दिनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ३ को उपनियम (५) बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराउने विषयमा वा नेपाल सरकारले नियम ५ को उपनियम (२) बमोजिम हेजिङ्ग शुल्क ब्यहोर्ने परियोजनाको हकमा हेजिङ्ग गर्ने संस्थाले सिफारिस सहित मन्त्रालयमा लेखी पठाउनेछ र मन्त्रालयले हेजिङ्ग गर्ने स्वीकृति दिन मनासिब देखिएमा स्वीकृति दिई हेजिङ्ग गर्ने संस्थामा पठाउनेछ।
(३) उपनियम (१) बमोजिम स्वीकृति प्रदान गरेपछि वा उपनियम (२) बमोजिम मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि सोको सात कार्यदिनभित्र हेजिङ्ग गर्ने संस्थाले सम्बन्धित निवेदकलाई अनुसूची-२ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित विवरण स्पष्ट उल्लेख गरी हेजिङ्ग सोलुसन प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्राप्त भएको हेजिङ्ग सोलुसन प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र निवेदकले हेजिङ्ग गर्ने संस्थासँग हेजिङ्ग सम्झौता सम्पन्न गर्नु पर्नेछ ।